Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

    नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

    प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई सशक्त बनाउनेबारे छलफल गर्दै

    • शुक्रवार, माघ २ २०७७

    • नेपाल वाइड


    नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी
    फायल तस्बिर

    काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरू भएको छ । बैठक अहिले काठमाडौँ कोटेश्वरको पेरिसडाँडामा जारी छ । बिहीबारबाट सुरू भएको स्थायी कमिटी बैठकमा ‘संगठन र संघर्ष’ छलफलको एजेण्डा तय गरिएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको यो समूहले प्रदर्शनलाई सशक्त बनाउनेबारे छलफल भइरहेको छ । संसद् पुनर्स्थापनाका लागि संयुक्त प्रदर्शनको प्रयास गरेपनि सम्भव हुन सकेको छैन ।

    विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले यो समूहसँग संयुक्त प्रदर्शन गर्न मानिरहेका छैनन् । त्यस विषयमा पनि यो स्थायी कमिटी बैठकमा छलफल गर्ने कार्यसूची छ । यसबाहेक पार्टी विभाजन पछि नेताहरुको कार्यविभाजन टुंग्याउन पनि यो बैठकमा छलफल हुँदैछ ।

    सम्बन्धित समाचार