Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    साकेलामा गर्भजाँचका लागि ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम

    साकेलामा गर्भजाँचका लागि ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम

    घुम्ती शिबिरमार्फत गर्भवती महिलाको गर्भ जाँच गर्ने

    • बिहिवार, माघ १ २०७७

    • नेपाल वाइड


    साकेलामा गर्भजाँचका लागि ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम
    ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम उद्घाटनकाक्रममा गाँउपालिका अध्यक्ष अर्जुन खड्का झंकार लगायत खिदिमाका स्थानीय

    खोटाङ । माघ १, गर्भवती महिलाको गर्भ जाँचका लागि खोटाङको साकेला गाउँपालिकामा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरिएको छ । स्थानीय स्वास्थ्य संस्थामै गर्भजाँचको सुविधा विस्तारका लागि गाउँपालिका र वनहर्ट वल्डवाईडको सहकार्यमा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरिएको हो ।

    साकेला गाउँपालिका–३ खिदिमा स्वास्थ्यचौकीमा बुधबार स्थानीय गर्भवती महिलाको गर्भजाँच गर्दै ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम उद्घाटन गरिएको छ । खिदिमामा गाउँपालिका अध्यक्ष अर्जुन खड्काले ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम उद्घाटन गरेका हुन् । सुरक्षित मातृत्वका लागि वनहर्ट वल्डवाईडले गर्भजाँच गर्ने उपकरण प्रदान गरेपछि तालिम प्राप्त एक जना अनमीको व्यवस्था गरेर ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनएको छ ।

    केही समयपछि नै साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित स्वास्थ्यचौची र सामुदायीक स्वास्थ्य इकाई केन्द्र डाँडागाउँ, साकेला गाउँपालिका–२ रतन्छा स्वास्थ्यचौकी, साकेला गाउँपालिका–४ मात्तिमस्थित आधारभुत स्वास्थ्य केन्द्र र साकेला गाउँपालिका–५ मात्तिमविर्तास्थित स्वास्थ्यचौकीमा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरिने गाउँपालिका अध्यक्ष खड्काले बताए ।

    गाउँपालिकाले तालिम प्राप्त अनमी मिना खड्कालाई हरेक महिनाको एक दिन तोकिएको स्वास्थ्य संस्थामा पुगेर घुम्ती शिबिरमार्फत गर्भवती महिलाको गर्भ जाँच गर्ने जिम्मेवारी दिएको छ । बिहिबार मात्तिमस्थित आधारभुत स्वास्थ्य केन्द्रमा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गर्ने कार्यक्रम छ ।

    सम्बन्धित समाचार