Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वडाध्यक्ष पक्राउ

    वडाध्यक्ष पक्राउ


    • बुधवार, पौष २९ २०७७

    • नेपाल वाइड


    वडाध्यक्ष पक्राउ
    प्रतिकात्मक तस्बिर

    बागलुङको ढोरपाटन नगरपालिका–४, खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुनलाई बुधबार अपराह्न ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । वि.सं. २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीनजनाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

    वि.सं. २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेस गरिने भण्डारीले बताए । रासस

    सम्बन्धित समाचार