Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    धाप्लाङघाट पुल निर्माणको काममा ठेकेदारको चरम ढिलासुस्ती

    धाप्लाङघाट पुल निर्माणको काममा ठेकेदारको चरम ढिलासुस्ती


    • बुधवार, पौष २९ २०७७

    • नेपाल वाइड


    धाप्लाङघाट पुल निर्माणको काममा ठेकेदारको चरम ढिलासुस्ती
    सुस्त गतिमा निर्माणाधिन खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाटको पुल

    खोटाङ । पुस २९, खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट पुल निर्माणको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ । २०७६ साल असार २९ गतेभित्र सम्पन्न गर्नेगरी २०७३ साल असार ३० गते सम्झौता गरिएको खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसी पुल निर्माणको काममा निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीको चरम ढिलासुस्ती देखिएको हो ।

    पप्पु कन्ट्रक्सन नेपाल सरकारको कालोसूचीमा राखेको निर्माण कम्पनी हो । सम्झौता म्याद नाघेको १८ महिना बित्दा हालसम्म पुलको करिब १५ प्रतिशत काम पुरा भएको सडक बिभाग पुल योजना पुर्वी क्षेत्र सेक्टर नम्बर १ का साईड इन्जिनियर रबि शाहले बताउनुभयो ।

    हाल पुलको राईटव्यांक (उदयपुरतर्फ)को वेल फाउण्डेसनको सिंकिङ अपरेशनको काम भइरहेको सडक बिभाग पुल योजना पुर्वी क्षेत्र सेक्टर नम्बर १ ले जनाएको छ । सो पुल २०७४ साल भदौ ३१ गते तत्कालिन प्रधानमन्त्री एबं कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको थियो ।

    भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुल र धाप्लाङघाटको पुल ५० करोड १४ लाख ६० हजारको लागतमा पुरा गर्नेगरी ठेकेदार कम्पनी रसुवा एसएनएस पप्पु जेभीले एउटै ठेक्कामार्फत जिम्मा लिएको हो ।

    एकै दिन शिलान्यास गरिएको रानीटार र धाप्लाङघाट पुलको प्रगती भने उस्तै निरासाजनक देखिएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयो । धाप्लाङघाटमा खोटाङ र उदयपुरतर्फ वर्षौँअघि कच्ची सडक बनेको भए पनि हालसम्म पुल नहुँदा झोलुंगे पुल प्रयोग हुँदैआएको छ ।

    सम्बन्धित समाचार