Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपाका दुबै समूहले बुझाए निर्वाचन आयोगमा जवाफ

    नेकपाका दुबै समूहले बुझाए निर्वाचन आयोगमा जवाफ


    • बुधवार, पौष २९ २०७७

    • नेपाल वाइड


    नेकपाका दुबै समूहले बुझाए निर्वाचन आयोगमा जवाफ
    फायल तस्बिर

        काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ओली र दाहाल–नेपाल दुबै समूहले निर्वाचन आयोगलाई जवाफ पठाएका छन् । निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘विवरण’ पेश गर्न भनेको थियो ।

    सोही अनुरुप दुवै समूहले पत्र पठाएका हुन् । दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए । ओली समूहका नेता सुवास नेम्वाङ सहितको टोलीले आयोग पुगेर कागजात, जवाफहरु पेस गरेको हो ।

    दाहाल-नेपाल पक्षले भने आफूहरुले बुझाउनुपर्ने विवरण पहिल्यै नै सबै बुझाइसकेको हुँदा अहिले जवाफमात्र पठाएको जनाइएको छ । आयोगले तोकेको म्यादको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको हुन । चुनाव चिन्ह, पार्टीको आधिकारिकता लगायतका विषयमा दुवै पक्षले आ-आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।

    सम्बन्धित समाचार