Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    संसद विघटनको बिरोधमा ३६ किलोमिटर दुरीमा जसपाको मोटरसाईकल र्‍याली

    संसद विघटनको बिरोधमा ३६ किलोमिटर दुरीमा जसपाको मोटरसाईकल र्‍याली


    • शनिवार, पौष २५ २०७७

    • नेपाल वाइड


    संसद विघटनको बिरोधमा ३६ किलोमिटर दुरीमा जसपाको मोटरसाईकल र्‍याली
    संसद विघटनको विरोधमा जनता समाजवादीले दिक्तेलमा निकालेको मोटरसाईकल र्‍याली । तस्बिर : नेपालवाइड

          खोटाङ, पुस २५, संसद विघटनको बिरोधमा जनता साजवादी पार्टी खोटाङले मोटरसाईकल र्‍याली निकालेको छ । पाँच वर्षका लागि अनुमोदित सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंबैधानिक ढंगले संसद बिघटन गरेको भन्दै जनता समाजवादी पार्टीले शनिबार दिक्तेलदेखि हलेसी (दुर्छिम)सम्म वृहत मोटरसाईकल र्‍याली निकालेको हो ।

         कोभिड–१९ को महामारीकाबेला निर्वाचनको घोषणा गरेर मुलुकमाथि आर्थिक भार थोपर्ने प्रयास गरेको, संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयत्न गरिएको भन्दै जनता समाजवादीले दिक्तेलदेखि ३६ किलोमिटर दुरीमा रहेको हलेसी (दुर्छिम)सम्म मोटरसाईकल र्‍याली निकालेको जनाएको छ ।

        मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–हलेसी सडक खण्डका निकालिएको र्‍यालीकाक्रममा विभिन्न चोकमा कोणसभा गरिएको छ । दिक्तेलको भवनगैरामा जनता समाजवादी निकट सुरक्षा दल घोषणा लगत्तै मोटरसाईकल र्‍याली सुरु गरिएको थियो । मोटरसाईकल र्‍यालीकाक्रममा दिक्तेलको किरातचोक, नुनथला, बिजुले, अर्खौले, हलेसी र दुर्छिममा कोणसभा गरिएको जनता समाजवादी पार्टीका प्रकाशन तथा प्रचार बिभाग प्रमुख रबिन खम्बूले बताए ।

         दिक्तेलको भवनगैरामा भएको कोणसभालाई जसपाका केन्द्रिय सदस्य सुर्य राई र प्रदेश समितिका पुर्वसदस्य धनकुमार राई, किरातचोकमा भएको कोणसभालाई प्रदेश समिति सदस्य सिताराम राई र संघिय विद्यार्थी युनियनका केन्द्रिय उपमहासचिव प्रकाश चाम्लिङ, नुनथलामा प्रदेश समिति सदस्य मोहन गुरुङ, विजुलेमा संघीय परिषद सदस्य कर्णबहादुर कार्की, अर्खौलेमा प्रदेश समिति सदस्य नविन राई, हलेसीमा केन्द्रिय सदस्य भीम राई र दुर्छिममा भएको कोणसभालाई सनबहादुर राईले सम्बोधन गरेका थिए ।

        वक्ताहरुले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै प्रधानमन्त्री ओलीको कडा शव्दमा बिरोध गरेका छन् । र्‍यालीलाई सुरक्षा दलका संयोजक टिकाराम राईले समापन भएको घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेको बिरोधमा केन्द्रिय कार्यक्रम अनुशार जनता समाजवादीले जिल्लामा आन्दोलनका कार्यक्रम गर्दैआएको छ ।

       जसपाले जिल्लामा पुस १२ गते बिरोध र्‍याली, पुस ११ गते राँके जुलुस, पुस १० गते शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन, पुस ८ गते विरोध जुलुस प्रदर्शन गरेको थियो । संसद विघटन गरेको भन्दै जिल्लामा नेकपा (प्रचण्ड–माधव समुह)ले प्रधानमन्त्री ओलीको विरोध गरिरहेको छ भने नेकपा (ओली समुह)ले भने समर्थनका कार्यक्रम गरिरहेको छ ।

     

    सम्बन्धित समाचार