Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा जनता समाजवादी पार्टीको १०१ सदस्यीय सुरक्षा दल घोषणा

    खोटाङमा जनता समाजवादी पार्टीको १०१ सदस्यीय सुरक्षा दल घोषणा


    • शनिवार, पौष २५ २०७७

    • नेपाल वाइड


    खोटाङमा जनता समाजवादी पार्टीको १०१ सदस्यीय सुरक्षा दल घोषणा
    दिक्तेलमा सुरक्षा दल घोषणा गर्दै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंक थापा तस्बिर:नेपालवाइड

        खोटाङ । पुस २५, खोटाङमा जनता समाजवादी पार्टीले सुरक्षा दल घोषणा गरेको छ । पार्टीको हरेक गतिविधिको सुरक्षार्थ जनता समाजवादी पार्टीले हुपबहादुर रानामगर इन्चार्ज र टिकाराम राई संयोजक रहेको १०१ सदस्यीय सुरक्षा दल घोषणा गरेको हो ।

        प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम विरुद्ध बृहत मोटरसाईकल  र्‍याली निकाल्न अघि जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंक थापाले शनिबार दिक्तेलको भवनगैरामा सुरक्षा दल गठन गरिएको घोषणा गरेका हुन् ।

        आवश्यकता अनुशार पार्टीको मातहतमा परिचालन हुनेगरी गठन गरिएको सुरक्षा दलको सह–संयोजकमा देवान राई, देउमान राई, धनीराम राई नछुङ, पारस राई, रामकाजी राई र विकास राईलाई चयन गरिएको जानकारी दिइएको छ । सरकार स्वयं लोकतान्त्रिक शासनको विरुद्धमा उभिने देशमा गणतन्त्र, लोकतन्त्र, संघीयता, समावेसीता र धर्मनिरपेक्षताको सपना र योजना बोकेको पार्टीलाई रक्षा गर्दै लक्ष्यमा पुग्नका लागि टेवा पुर्‍याउन सुरक्षा दल गठन गरिएको जनता समाजवादी पार्टीले जनाएको छ ।

    declaration of security group by janata samajbadi photo_daman1.jpg
    दिक्तेलमा सुरक्षा दल घोषणापछि र्‍यालीको तयारी गर्दै

       सुरक्षा दल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सुर्य राईले कमिसनखोरी, गुण्डागर्दी र भ्रष्टाचारीलाई तह लगाउँदै जनतामाथि हुने सवै किसिमका अन्यायका विरुद्धमा लड्नका लागि सुरक्षा दलको जन्म भएको बताए । ‘हाम्रा सुरक्षा दल अराजक हुने छैनन् ।

       हतियार र बलले होईन ज्ञान, बुद्धिविवेक, कला र सिपले युक्त हुनेछन्,’ राईले भने, ‘हाम्रा युवा आयोजनाहरुमा कमिसन उठाउन जाने छैनन् । वरु त्यस्ता कमिसनवाला, गुण्डागर्दीलाई तह लगाउन, दलाल भ्रष्टाचारीलाई टुंगो लगाउन, जनतालाई आइपर्ने जुनसुकै अन्याय र विपतमा सहयोग गर्न अग्रसर हुने छन् ।’

       केन्द्रिय सदस्य राईले बर्तमान संविधान र व्यवस्थाको रक्षा गर्दै अधुरो संविधानमा शासकीय स्वरुप, निर्वाचन प्रणाली, नागरिकता सम्वन्धि व्यवस्थालाई सच्याएर मुलुकलाई अग्रगमनतर्फ लैजान सुरक्षा दलको महत्वपूर्ण योगदान रहने दावी गरेका छन् । कार्यक्रममा जनता समाजवादीका नेता धनकुमार राईले पनि सम्बोधन गरेका थिए ।

     

    सम्बन्धित समाचार