Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    केपिलासगढीको फेदीमा स्वास्थ्यचौकी र वडा कार्यालयको भवन उद्घाटन

    केपिलासगढीको फेदीमा स्वास्थ्यचौकी र वडा कार्यालयको भवन उद्घाटन


    • बिहिवार, पौष २३ २०७७

    • नेपाल वाइड


    केपिलासगढीको फेदीमा स्वास्थ्यचौकी र वडा कार्यालयको भवन उद्घाटन
    स्वास्थ्यचौकीको भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कृष्णकुमार राई । तस्बिर : सौजन्य यूनिक साम्पाङ

        खोटाङ । पुस २३, खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा एकैसाथ स्वास्थ्यचौकी र वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । साविकको फेदी–५ मा निर्माण गरिएको स्वास्थ्यचौकी र वडा कार्यालयको नवनिर्मित भवन बिहिबार उद्घाटन गरिएको हो । स्वास्थ्यचौकीको भवन केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई र वडा कार्यालयको भवन उपाध्यक्ष हिरादेवी वनले उद्घाटन गरेका छन् ।

    opaning.jpg

    वडा कार्यालयको भवन उद्घाटन गर्दै हिरादेवी वन । तस्बिर : सौजन्य यूनिक साम्पाङ 

        स्वास्थ्यचौकीको सात कोठे भवन ठेक्का प्रणालीमार्फत शहरी विकास मन्त्रालयको एक करोड ४८ लाखमा निर्माण गरिएको हो । स्वास्थ्यचौकीको दुई तले भवनमा बर्थिङ सेन्टर, प्रशासन, ओपिडी, स्टोर, कर्मचारी आवास लगायतका संरचना निर्माण गरिएको छ । स्वास्थ्यचौकीको भवन क्रमागत योजनाकारुपमा निर्माण गरिएको हो । स्वास्थ्यचौकीको भवनका लागि स्थानीय रामबहादुर राई, होमबहादुर राई र पत्नबहादुर राईले जग्गा प्रदान गरेका छन् ।

        वडा कार्यालयको एक तले भवन भने उपभोक्ता समितिमार्फत २९ लाखमा निर्माण गरिएको हो । सभाहल, जनप्रतिनिधि, वडा सचिव, योजना र प्रशासन कक्ष, प्राविधिक फाँट लगायतका पाँच कोठा भएको भवन निर्माण भएपछि सेवा प्रवाह सहज भएको फेदीका वडा सचिव ध्रुवराज राईले बताए । शान्ति तथा पुःननिर्माण मन्त्रालयको १२ लाख र गाउँपालिकाको १७ लाखमा वडा कार्यालय भवन निर्माण गरिएको हो ।

    Health post photo.jpg

    फेदीमा निर्माण गरिएको स्वास्थ्यचौकीको भवन । तस्बिर : सौजन्य यूनिक साम्पाङ 

        स्थानीय सरकारमार्फत भवन निर्माणको काम अघि बढाउने गरी शान्ति तथा पुःननिर्माण मन्त्रालयले आर्थिक वर्ष २०७१/०७२ मा १२ लाख निकासा दिएको अवस्थामा आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाबाट आवश्यक रकम थप गरेर वडा कार्यालयको भवन निर्माण गरिएको वडा सचिव राईले बताए । वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय दलबहादुर राई र रणबहादुर राईले जग्गा प्रदान गरेका छन् । 

    सम्बन्धित समाचार