Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    संसद विघटनको विरोधमा केपिलासगढीमा जसपाको बिरोध प्रदर्शन

    संसद विघटनको विरोधमा केपिलासगढीमा जसपाको बिरोध प्रदर्शन


    • बिहिवार, पौष २३ २०७७

    • नेपाल वाइड


    संसद विघटनको विरोधमा केपिलासगढीमा जसपाको बिरोध प्रदर्शन
    बाक्सिलामा जनता समाजवादी पार्टीले आयोजना गरेको विरोध प्रदर्शन

        खोटाङ । पुस २३, संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले खोटाङमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंबैधानिक ढंगले संसद बिघटन गरेको भन्दै जनता समाजवादी पार्टी केपिलासगढी गाउँपालिका समितिले बाक्सिलामा बिरोध प्रदर्शन गरेको हो ।

        संसद विघटनको बिरुद्ध जनता समाजवादीले बाक्सिलामा बिरोध र्‍याली प्रर्दशन गर्नुका साथै कोणसभा गरेको छ । कार्यक्रमलाई जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सुर्य राई, जिल्ला उपाध्यक्ष पिके खम्बु, विद्यार्थी संगठनका केन्द्रिय उपमहासचिव प्रकाश चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका समिति अध्यक्ष निर्मल राई, केपिलासगढी गाउँपालिका समिति अध्यक्ष गुरुराज राई लगायतले सम्बोधन गर्दै संसद विघटनको चर्को शव्दमा विरोध गरेका छन् ।

       कोणसभाका वक्ताहरुले कोभिड–१९ को महामारीकाबेला निर्वाचनको घोषणा गरेर मुलुकमाथि आर्थिक भार थोपर्ने प्रयास गरेको तथा संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयत्न गरिएको भन्दै सरकारको बिरोध जनाएका छन् ।

       प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेको बिरोधमा केन्द्रिय कार्यक्रम अनुशार जनता समाजवादीले जिल्लामा आन्दोलनका कार्यक्रम गर्दैआएको छ । जसपाले जिल्लामा गत पुस १२ गते बिरोध र्‍याली, पुस ११ गते राँके जुलुस, पुस १० गते शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन, पुस ८ गते विरोध जुलुस प्रदर्शन गरेको थियो ।

       हाल स्थानीय तहमा पुगेर संसद विघटनको विरुद्ध विरोधका कार्यक्रम सुरु गरिएको जनता समाजवादी पार्टीका प्रकाशन तथा प्रचार बिभाग प्रमुख रबिन खम्बूले जानकारी दिए ।

     

    सम्बन्धित समाचार