Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा

    नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा


    • बुधवार, पौष २२ २०७७

    • नेपाल वाइड


    नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि  बेलायतमा फेरि लकडाउन घोषणा
    तस्बिरः स्काइ न्यूज

         नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार देशव्यापी लकडाउन घोषणा गरेका हुन् । उनले लकडाउन फेब्रुअरी मध्यसम्म लागु हुने जानकारी दिए ।

       कोरोनाभाइरसविरुद्धको खोप प्रयोग गर्ने पहिलो राष्ट्र भएपनि बेलायतमा नयाँ प्रकारको कोरोनाभाइरस तीव्ररुपमा फैलिन थालेको छ । प्रधानमन्त्री जोन्सनले आम नागरिकलाई फेरि पनि घरमै बस्न आह्वान गरेका छन् । उनले अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कन आग्रह गरेको वक्तव्यमा उल्लेख गरिएको छ । गत वर्षको मार्चमा जस्तै उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

       ‘‘नयाँ प्रकारको भाइरस तीव्ररुपमा फैलिएको छ । त्यसैले यो समय उच्च सतर्कता अपनाउनुपर्ने समय हो,’’ उनले भने । उनले बेलायती अस्पतालमा बिरामीको चाप धेरै हुन थालिसकेको र थप तयारी गर्नुपर्ने अवस्था रहेको पनि उल्लेख गरेका छन् । एक टेलिभिजनमा बोल्नेक्रममा उनले देशभरि फेरि अर्को महामारी फैलिन सक्ने खतरा पनि उत्तिकै रहेको भन्दै चिन्ता व्यक्त गरे ।

       मंगलबारदेखि लकडाउनअन्तर्गत् प्राथमिक तथा माध्यमिक विद्यालय र कलेज बन्द गर्न लगाइएको छ । भौतिकरुपमा उपस्थित भएर गरिने शिक्षण प्रक्रिया अपनाउँदा कोरोना फैलिन सक्ने खतरा औँल्याइएको छ । विश्वविद्यालयका विद्यार्थी पनि मध्य फेब्रुअरीसम्म विश्वविद्यालय नफर्कने भएका छन् । मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ भने घर छाड्नुपर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्न भनिएको छ ।

    अघिल्लो हप्ताको तुलनामा सोमबार कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० प्रतिशत वृद्धि भएको छ । रासस/एपी

    सम्बन्धित समाचार