सोमवार, पौष २० २०७७
नेपाल वाइड
खोटाङको जन्तेढुंगा गाउँपालिकाले क्यान्सर पिडित बिरामीलाई आर्थिक सहयोग गरेको छ । क्यान्सर रोगबाट पिडित जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका बिष्णु नेपालीलाई आर्थिक सहयोग गरेको हो ।
नेपाली परिवारलाई सोमबार गाउँपालिका अध्यक्ष शंकर राई र उपाध्यक्ष विमला राईले नगद २५ हजारको चेक हस्तान्तरण गरेका छन् । गाउँपालिकाले अभिभावकत्व ग्रहण गर्दै उपचारका लागि आर्थिक सहयोग गरेको जनाएको छ ।