Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मझुवागढी रणजितमान खेलमैदानमा वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप हुने

    मझुवागढी रणजितमान खेलमैदानमा वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप हुने


    • सोमवार, पौष २० २०७७

    • नेपाल वाइड


    मझुवागढी रणजितमान खेलमैदानमा वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप हुने
    नमुना स्पोर्टस क्लवले दिक्तेलमा पत्रकार सम्मेलन

          खोटाङ । पुस २०, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा निर्माणाधिन खेलमैदानमा अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लवले ‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नारा सहित आगामी फागुन १० गतेदेखि फागुन १५ गतेसम्म मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिता गर्ने तयारी गरेको हो ।

        लफ्याङमा निर्माणाधिन मझुवागढी रणजितमान राई खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५५ हजार, दोश्रो स्थान प्राप्त गर्ने टिमले १ लाख १ हजार र सेमिफाइनलिस्ट दुई वटा टिमले ३१/३१ हजार नगद पुरस्कार पाउने वडाध्यक्ष निर्मल राईले जानकारी दिए ।

         वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लवले दिक्तेलमा पत्रकार सम्मेलन गरेर अन्तर वडा जिल्ला स्तरीय पुरुष फुटवल प्रतियोगिताका बारेमा जानकारी दिएको हो । प्रतियोगीताका उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड–फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५/५ हजार पुरस्कार प्रदान गरिने नमुना स्पोर्टस क्लबका अध्यक्ष काजीमान राईले बताए ।

         प्रतियोगिता उद्घाटनका दिन जिल्लामा क्रियाशिल एक जना पत्रकारलाई नगद ५ हजार ५५५ रुपैयाँको खेलकुद पत्रकारिता पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

        आगामी फागुन ५ गतेसम्ममा टिम दर्ता गर्ने र फागुन ६ गते खेल तालिका सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा ३ जना वाह्य खेलाडी सहभागी गराउन पाइने नमुना स्पोर्टस क्लबका अध्यक्ष राईले जानकारी दिए । पत्रकार सम्मेलनमा लफ्याङका वडासदस्य अनुप राई, फुटबल संघका जिल्ला अध्यक्ष ध्रुबबिक्रम राई, स्थानीय समाजसेवी राजेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

        वडाकार्यालयको पहलमा स्थानीयले १८ रोपनीभन्दा बढि जग्गा निःशुल्क दिएपछि लफ्याङको छिवामा खेलमैदान निर्माण सुरु गरिएको हो । वडा कार्यालयको १२ लाख ७० हजारको खर्चमा २०७६ साल जेठ ७ गते शिलान्यास गरिएको खेलमैदानको अधिकांश भाग सम्याउने काम सम्पन्न भइसकेको छ ।

        १२० मिटर लम्बाई र ८० मिटर चौंडाई हुने मझुवागढी रणजितमान राई खेलमैदानको डिपिआर तयार पारिसकिएको छ । खेलमैदानमा करिब ४० जना अट्ने मञ्च, रातका समयमा पनि खेल सञ्चालन गर्न सकिने विद्युतको व्यवस्था, बस, कार तथा मोटरबाईक पार्किङ स्थल, गेष्ट रुम, च्याञ्जिङ रुम, वेटिङ रुम सहितको घर, सामान्य तथा भिआइपी शौचालय, पिउने पानीको धारा लगायतको संरचना निर्माण गर्नेगरी डिपिआर तयार पारिएको वडाध्यक्ष राईले बताए । आरसिसि कन्सल्ट प्रालिले दर्शक बस्ने स्टेडियम सहितको खेलमैदान २० करोड ९९ लाख ७० हजार २९३ रुपैयाँमा तयार हुने डिपिआर तयार पारेको छ ।

    सम्बन्धित समाचार