Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पेस्तोल देखाएर लुकपाटको प्रयास

    पेस्तोल देखाएर लुकपाटको प्रयास


    • आइतवार, पौष १९ २०७७

    • नेपाल वाइड


    पेस्तोल देखाएर लुकपाटको प्रयास
    सांकेतिक तस्बिर

           काठमाडौँ । कोटेश्वरमा बिहानै पेस्तोल देखाएर लुकपाटको प्रयास भएको छ । बिहान साढे ६ बजेको समयमा कोटेश्वर चोकमा एक युवकलाई पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ ।

         घटनामा संकलग्न भएको आशंकामा केही युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरलाई पेस्तोल देखाएर लुट्न खोजिएको हो । उनीसँग मोबाइल माग्दा नदिएपछि समूहमा रहेका युवाले हप्काउँदै मोबाइल मागेका थिए ।

       तर ती युवकले मावाइल नदिएपछि समूहमा रहेका एक जनाले पेस्तोल निकालेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए । उनले प्रतिवाद गरेपछि हातबाट पेस्तोल खसेको र उनीहरु भागलेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार