Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जसपा र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा

    जसपा र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा


    • शुक्रवार, पौष १७ २०७७

    • नेपाल वाइड


    जसपा र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा
    फायल तस्बिर

         काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ ।शुक्रबार दुवै पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा ललितपुरमा एक कार्यक्रम गरी दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।

         एकता घोषणा कार्यक्रममा बोल्दै नेताहरुले नेपालमा लामो समयदेखि चलिआएको लोकतान्त्रिक आन्दोलनमा श्रमजीवी जनता र उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई एकताले शक्ति प्रदान गर्ने बताए । जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरुमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको बताए ।

        जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले देशमा जुन राजनीतिक प्रणाली आए पनि पछि पारिएका समुदायले शासनमा आफ्नो अनुभूति पाउन नसकेका कारण विकल्पमा जसपा चाहिएको जिकिर गरे । 

    जसपाले देशमा राजनीतिक विकल्प दिनको निम्ति विभिन्न संघ–संगठन तथा पार्टीलाई एकीकृत गर्ने अभियान जारी राख्ने पनि नेताहरुले बताए ।

    सम्बन्धित समाचार