Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नौ महिनापछि खुल्यो सवारी चालक लाइसेन्स

    नौ महिनापछि खुल्यो सवारी चालक लाइसेन्स


    • शुक्रवार, पौष १७ २०७७

    • नेपाल वाइड


    नौ महिनापछि खुल्यो सवारी चालक लाइसेन्स
    फायल तस्बिर

         काठमाडौं । सरकारले विगत नौ महिनादेखि बन्द रहेको सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फाराम खुला गरेको हो ।

         विभागका प्रवक्ता डा. लोकनाथ भुसालले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने व्यवस्था गरेर गत मंगलबारबाट अनलाइन फाराम खुला गरेको जानकारी दिएका छन् ।

         फाराम विभागको बेवसाइटमा राखिएको लिंक अथवा अनलाइनईडीएलआरईजी डट डीओटीएम डट जीओभी डट एनपीमार्फत बिहान ६ बजदेखि राति १० बजेसम्म भर्न सकिनेछ । विभागले कोटा भएको अवस्थामा मात्र फाराम भर्न सकिने जनाएको छ ।

        एकपटक फाराम भरेपछि तोकिएको समयमा नगएमा १५ दिनपछि मात्र पुनः फाराम भर्न पाइनेछ भने परीक्षामा अनुत्तीर्ण भएमा ९० दिनपछि मात्र फाराम भर्न पाइने विभागले जनाएको छ । गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो ।

        त्यसयता सरकारी कार्यालय खुलेर सेवा सुचारु भए पनि सवारी लाइसेन्सको परीक्षा प्रक्रिया खुल्न सकेको थिएन । यातायात व्यवस्था कार्यालयले गत असारदेखि नै कार्यालय खुला गरेर सवारी दर्ता र नवीकरणको सेवा भने दिँदै आएका छन् ।

        लामो समयसम्म लाइसेन्स नखुल्दा सेवाग्राही मर्कामा पर्दै आएको गुनासो गर्दै आएका थिए । सामान्य अवस्थामै लाइसेन्सका लागि भीडभाड हुने गरेकामा नौ महिनासम्म स्थगित हुँदा अब झनै चाप बढ्ने भएको छ । तर विभागले भने कोटा प्रणालीमा फाराम खुला गरेको हो ।

         विभागले कोरोनाको जोखिम अझै नहटेको भन्दै कोटा तोकेर आवेदन खुला गरेको जनाएको छ । विभागले यसअघि नै सबै कार्यालयलाई परीक्षा सञ्चालनका लागि तयार रहन पत्राचार गरेको थियो ।

    सम्बन्धित समाचार