Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    महेश बस्नेतलाई गाली गरेको आरोपमा पूर्वप्रहरी पक्राउ

    महेश बस्नेतलाई गाली गरेको आरोपमा पूर्वप्रहरी पक्राउ


    • बिहिवार, पौष १६ २०७७

    • नेपाल वाइड


    महेश बस्नेतलाई गाली गरेको आरोपमा पूर्वप्रहरी पक्राउ
    प्रतिकात्मक तस्बिर

        काठमाडौं । सत्तारुढ दल नेकपाका नेता तथा पूर्वमन्त्री महेश बस्नेतलाई सामाजिक सन्जाल फेसबुकमार्फत गाली र अभद्र टिप्पणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीबाट स्वेच्छिक अवकाश लिएका ३५ वर्षीय असई डिल्लीबहादुर चन्द छन् ।

       साइबर ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेसँग समन्वय गरेर नेपालगन्जबाट चन्दलाई मंगलबार राति पक्राउ गरिएको हो ।

        उनलाई काठमाडौं ल्याएर म्याद थपको प्रक्रिया अगाडि बढाइएको एसएसपी अर्यालले बताए । उनीविरुद्ध बस्नेतले कानुन व्यावायीमार्फत उजुरी दिएका थिए ।

    सम्बन्धित समाचार