Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    संसद विघटनको बिरोधमा नेकपा प्रचण्ड–नेपाल समुहको प्रदर्शन

    संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन : नेता राई

    संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन : नेता राई


    • मंगलवार, पौष १४ २०७७

    • नेपाल वाइड


    संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन :  नेता राई
    संसद विघटनको बिरोधमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले दिक्तेलमा गरेको प्रदर्शन । तस्बिर: नेपाल वाइड

          खोटाङ । पुस १३, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटिका आमन्त्रित सदस्य एबं पुर्वसांसद टंक राईले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् । संसद विघटनको विरोधमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले मंगलबार दिक्तेलमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता राईले कुनैपनि सरकार बन्न नसक्ने अवस्थामा मात्र संसद विघटन गर्ने व्यवस्था विरुद्ध प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको बताएका छन् ।

         विरोध जुलुस प्रदर्शनपछि जिल्ला समन्वय समितिको प्रांगणमा भएको कोणसभालाई सम्बोधन गर्दै नेता राईले संसद विघटनलाई जनताले खारेज गरेको बताएका छन् । ‘अहिलेको अवस्थामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।

        यो असंवैधानिक कदम खारेज हुनुपर्छ,’ नेकपाका स्थायी कमिटिका आमन्त्रित सदस्य एबं पुर्वसांसद राईले भने, ‘अदालतले के फैसला गर्छ त्यो प्रतिक्षाको विषय हो । तर नेपाली जनताले संसद विघटन गर्ने कदम अस्वीकार गरिसकेका छन् । संविधानको रक्षाका लागि हामी सडकमा आएका हौँ ।’

    Julus photo 1.jpg

        साझा भूमीकामा रहनुपर्ने राष्ट्रपति जनताको नभै प्रधानमन्त्रीको मात्र भएको राईले आरोप लगाए । ‘म नै राज्य हुँ, राज्य नै म हुँ’ भन्ने लुई १४ औंलाई जनताले सडकमा फालेको चर्चा गर्दै नेता राईले राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि जनताले सडकमा पुर्‍याउने दाबी गरे । उनले बहुमत पक्ष प्रचण्ड–माधव समुहमा भएकाले संस्थापन पनि सोही समुह हुने बताएका छन् ।

          सुर्य चिन्ह प्रचण्ड–माधव समुहले पाउँछ : सांसद राई

         यस्तै, नेकपाका केन्द्रिय सदस्य एबं प्रदेशसभा सांसद राजन राईले चुनाव सुर्य चिन्ह प्रचण्ड–माधव समुहले पाउने दावी गरेका छन् । सुर्य चिन्हमा दुबै पक्षको दावी भइरहेको अवस्थामा नेता राईले विधि र विधानले सुर्य चिन्ह प्रचण्ड–माधव समुहले पाउने दावी गरेका हुन् । ‘विधि विधान मरेको छैन । सुर्य चिन्ह लिन समस्या छैन,’ केन्द्रिय सदस्य राईले भने, ‘तर चिन्ह भएर मात्र पुग्दैन, हामीसँग जनमत हुनुपर्छ । हामी यही चिन्हले चुनावमा जाँदा कैयौं पटक हारेको इतिहास भुल्नु हुँदैन ।’

        संसद विघटनको विरोधमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले दिक्तेलका ६ स्थानमा कोणसभा गर्दै बिरोध प्रदर्शन गरेको थियो । हेलीप्याडमा भएको कोणसभालाई पुर्वसभाषद एबं नेकपाका केन्द्रिय कमिटि सदस्य दुर्गाजयन्ती राई, सचिवालय सदस्य भागवत घिमिरे र अगमसिं राईले, रत्नपार्कमा भएको कोणसभालाई प्रदेश कमिटि सदस्य ध्रुब बुढाथोकी र जिल्ला कमिटि सदस्य नरेश राईले, पुरानो बेसक्याम्पमा केन्द्रिय सदस्य एबं पुर्वसभासद समिता कार्की र जिल्ला कमिटि सचिवालय सदस्य खडेन्द्र राई र त्रिवेनीचोकमा भएकाे कोणसभालाई नेकपा जिल्ला सदस्य राजन प्रसाद आचार्यले सम्बोधन गरेका थिए ।

       यस्तै, भानुचोकमा भएको कोणसभालाई प्रदेश कमिटि सदस्य सुरेश राई र जिल्ला कमिटि कार्यालय सदस्य जलसेर राईले तथा त्रिबेणीचोकमा भएको कोणसभालाई केन्द्रीय सदस्य एबं प्रदेश सांसद रामकुमार राई, प्रदेश कमिटि सदस्य एबं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ र जिल्ला अध्यक्ष देवान किरातीले सम्बोधन गरेका थिए ।

    सम्बन्धित समाचार