Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    संसद् विघटनको विरोधमा प्रचण्ड नेपाल समूहले आज देशैभर प्रदर्शन गर्ने

    संसद् विघटनको विरोधमा प्रचण्ड नेपाल समूहले आज देशैभर प्रदर्शन गर्ने


    • मंगलवार, पौष १४ २०७७

    • नेपाल वाइड


    संसद् विघटनको विरोधमा प्रचण्ड नेपाल समूहले आज देशैभर प्रदर्शन गर्ने

         काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको विरोध जनाउँदै आन्दोलनरत नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मंगलबार देशैभर प्रदर्शन, जुलुुसको आयोजना गर्ने भएको छ ।

         मंगलबार बिहान ११ बजेदेखि देशैभर प्रदर्शन हुने नेकपाका नेताहरूले जनाएका छन् । काठमाडौं उपत्यकामा विभिन्न ८ स्थानबाट जुलुस निस्कने अनेरास्ववियू प्रचण्ड–नेपाल समूहका संयोजक रञ्जित तामाङले जानकारी दिए । 

         उनका अनुसार उपत्यको बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट जुलुस निस्कने छ । युवा सङ्घले बागबजारबाट र अनेरास्ववियूले घन्टाघरबाट जुलुस निकाल्ने तयारी गरेको उनले जानकारी दिए ।

        नेकपाले आजको प्रदर्शनमा काठमाडौंमा मात्रै एक लाख मानिस उतार्ने तयारी गरेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले यसअघि नै बताइसकेका छन् । आजको प्रदर्शनका लागि उपत्यकाका आसपासका जिल्लाहरू प्रदर्शन पनि काठमाडौं नै केन्द्रित गरिएको छ ।

        पूर्व सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरको जुलुस बानेश्वरबाट निस्कने छ । मकवानपुर, चितवन, धादिङको जुलुस टेकुमा मिसिने छ । नुवाकोट, रसुवाका लागि लैनचौर तय गरिएको छ । ललितपुरको जुलुस कुपनडोलबाट सुरु भएर भृकुटीमण्डप आइपुग्ने नेकपाले बताएको छ ।

        भृकुटीमण्डपमा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

    सम्बन्धित समाचार