Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    संसद विघटनको बिरोधमा खोटाङमा कांग्रेसको विरोध र्‍याली

    संसद विघटनको बिरोधमा खोटाङमा कांग्रेसको विरोध र्‍याली


    • सोमवार, पौष १३ २०७७

    • नेपाल वाइड


    संसद विघटनको बिरोधमा खोटाङमा कांग्रेसको विरोध र्‍याली
    संसद विघटनको बिरोधमा कांग्रेसले दित्तेलमा निकालेको बिरोध र्‍याली । तस्बिर:नेपाल वाइड डटकम

         खोटाङ । पुस १३, संसद विघटनको बिरोधमा नेपाली कांग्रेस खोटाङले विरोध र्‍याली निकालेको छ । पाँच वर्षका लागि अनुमोदित सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंबैधानिक ढंगले संसद बिघटन गरेको भन्दै कांग्रेसले केन्द्रिय समितिको निर्देशनमा कांग्रेस जिल्ला कार्यसमितिले सोमबार दिक्तेलमा विरोध र्‍याली निकालेको हो ।

        कांग्रेसको पार्टी कार्यालयबाट सुरु भएको बिरोध र्‍याली त्रिबेणीचोकबाट भानुचोक पुगेर पुःन फर्किएर त्रिबेणीचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठ, कांग्रेस महासमिति सदस्य एबं पुर्व जिल्ला सभापति विष्णुकुमार राई, महासमिति सदस्य सरस्वती बजिमय, महासमिति सदस्य सुवासकुमार पोखरेल र महासमिति सदस्य रविप्रकाश राईले सम्बोधन गरेका थिए ।

    birodh julus-congress ryali photo_daman1.jpg

    संसद विघटनको बिरोधमा कांग्रेसले दित्तेलमा निकालेको बिरोध र्‍याली । तस्बिर:नेपाल वाइड डटकम

         बक्ताहरुले ललिता निवास जग्गा र आयल निगम जग्गा खरिदमा भएको भ्रष्टाचार, ओम्नी काण्ड, यति समुह सम्वद्ध भ्रष्टाचार काण्ड वारे चर्चा गर्दै कम्यूनिष्टलाई ‘कमाउनिष्ट’को संज्ञा दिएका छन् ।

       उनीहरुले प्रधानमन्त्रीको असंवैधानिक कदमले हालसम्म प्राप्त उपलव्ध गुम्ने खतरा निम्तिएको औंल्याएका छन् । बिरोध र्‍यालीमा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्क्री विरुद्ध चर्का शव्दमा नारा लगाएका थिए ।

     

    सम्बन्धित समाचार