सोमवार, पौष १३ २०७७
नेपाल वाइड
डोटी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्र विवाद जिल्लाजिल्लासम्म पुगेको छ । डोटीमा प्रचण्ड-नेपाल पक्षको दैनिक जसो जिल्ला भेला भइरहेको छ। उता ओली पक्षको भने अहिलेसम्म कुनै किसिमको भेला गरेको छैन ।
आइतबार सिलगढीमा बसेको प्रचण्डनेपाल पक्षको विस्तारित बैठकमा जिल्ला कमिटीका अधिकांश सदस्य उपस्थित थिए । जम्मा एक सय ३५ जनाको जिल्ला कमिटी सदस्यमा एक सय १० सदस्यको उपस्थिति रहेको जिल्ला अध्यक्ष चक्र मल्लले जानकारी दिए ।
प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीको उपस्थितिमा आयोजना गरेको विस्तारित बैठकले पुस १४ गते जिल्लामा विरोध सभाको आयोजना गर्ने निर्णय गरेको छ। पुस २० गतेभित्रै जिल्लाका प्रत्येक वडास्तरमा पार्टीको बैठकको आयोजना गरिसक्ने बताइएको छ ।