Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ट्याक्टरले किच्दा खोटाङमा चालकको मृत्यु

    ट्याक्टरले किच्दा खोटाङमा चालकको मृत्यु


    • आइतवार, पौष १२ २०७७

    • नेपाल वाइड


    ट्याक्टरले किच्दा खोटाङमा चालकको मृत्यु
    फायल तस्बिर

          खोटाङ । पुस १२, आफैले चलाएको ट्याक्टरले किच्दा खोटाङमा चालकको मृत्यु भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले जोड्ने साप्सु खोलामा पक्की पुल निर्माणको काम गरिरहेको सुर्य एण्ड सन्स प्रालिको ज ७ त २२६६ नम्बरको ट्याक्टरले किच्दा सोही ट्याक्टरका चालक बागमती नगरपालिका–१ सर्लाही कैलास भुजेल (धनकुमार)को मृत्यु भएको हो ।

          निर्माणाधिन पुलभन्दा करिब एक किलोमिटर तल साप्सु खोलामा गिटी लिन गएको अवस्थामा फसेको अर्को ट्याक्टर तान्नका लागि गएको अवस्थामा भएको दुर्घटनामा आइतबार चालकको मृत्यु भएको सुर्य एण्ड सन्स प्रालिका प्रोजेक्ट मेनेजर एवं एकाउण्टेन्ट हरि बरालले बताए । ढुंगा लिन गएको अवस्थामा फसेको अर्को ट्याक्टर तानेर निकाल्नका लागि गएको रित्तो ट्याक्टर पल्टिएको हो ।

         पहिलो ठाउँमा फसेको लोड गरिएको ट्याक्टर निकालेपछि पछि–पछि आउनेक्रममा पुःन लोड गरिएको ट्याक्टर फसेपछि तान्नका लागि साइडबाट अगाडि जानेक्रममा ट्याक्टर पल्टिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार