आइतवार, पौष १२ २०७७
नेपाल वाइड
खोटाङ । पुस १२, मसाल जुलुस प्रदर्शनमा प्रहरी दमन भएको भन्दै जनता समाजवादी पार्टी खोटाङले भर्त्सना गरेको छ । संसद विघटनको बिरोधमा शनिबार साँझ दिक्तेलमा निकालिएको मसाल जुलुसमा शसस्त्र र नेपाल प्रहरीले लट्ठी प्रहार गर्दै दमन गरेको जसपाले जनाएको छ ।
जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंक थापाले विज्ञाप्ती जारी गर्दै मसाल जुलुस प्रदर्शनकाक्रममा प्रहरीको लाट्ठी प्रहारबाट संघीय शिक्षक फोरमका केन्द्रिय सदस्य धनीराम राई, जसपाका जिल्ला उपाध्यक्ष बशन्ती राई, सचिव देवकुमार राई, संघिय विद्यार्थी युनियनका केन्द्रिय उपमहासचिव प्रकाश चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगर समिति अध्यक्ष निर्मल राई, संघीय विद्यार्थी युनियनका जिल्ला सदस्य मोहन राई लगायत एक दर्जन बढि नेता तथा कार्यकर्ता घाईते भएको जनाएका छन् ।
जसपाले घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रहरी दमन बन्द गर्न माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेको बिरोधमा केन्द्रिय कार्यक्रम अनुशार जनता समाजवादीले जिल्लामा आन्दोलनका कार्यक्रम गर्दैआएको छ ।
जसपाले जिल्लामा पुस १० गते शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन, पुस ८ गते विरोध जुलुस प्रदर्शन गरेको थियो । असंबैधानिक ढंगले संसद बिघटन गरेको, कोभिड–१९ को महामारीकाबेला निर्वाचनको घोषणा गरेर मुलुकमाथि आर्थिक भार थोपर्ने प्रयास गरिएको तथा संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयत्न गरिएको जनता समाजवादी पार्टीको भनाई छ । 