Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

    मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता


    • आइतवार, पौष १२ २०७७

    • नेपाल वाइड


    मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

         विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपा दाहाल-नेपाल समूहका ३६ जनाको सांसदको हस्ताक्षर सहित प्रदेशसभा सचिवालय पुगेका थिए ।

        प्रस्तावमा ३६ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको एक नेताले बताए । संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वमा सांसदको टोली प्रदेशसभा पुगेको हो ।

        नेता भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । प्रस्तावको प्रस्तावक इन्द्रबहादुर आङ्बो र समर्थकमा सांसद लछुमन तिवारी छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।

    सम्बन्धित समाचार