आइतवार, पौष १२ २०७७
नेपाल वाइड
विराटनगर । प्रदेश १ सरकारका तीन मन्त्रीले एकसाथ राजीनामा दिएका छन् । बदलिएको राजनीतिक परिवेशमा प्रतिनिधिसभा विघटनजस्तो प्रतिगामी कदमको समर्थन गर्ने मुख्यमन्त्रीको नेतृत्वमा बस्न नसक्ने भन्दै उनीहरुले आइतबार राजीनामा दिएका हुन् । उनीहरू नेकपा दाहाल-नेपाल समूहका हुन् ।
सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका छन् ।
हिजो मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए । प्रदेशसभामा दाहाल-नेपाल समूहले आज मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।
राजीनामा
