Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वामपन्थी नेता स्वनाम साथीको निधन

    वामपन्थी नेता स्वनाम साथीको निधन


    • शुक्रवार, पौष १० २०७७

    • नेपाल वाइड


    वामपन्थी नेता स्वनाम साथीको निधन
    वामपन्थी नेता स्वनाम साथी

        पुराना वामपन्थी नेता एवं मार्क्सवादी चिन्तक स्वनाम साथी (शसी शेरचन) को निधन भएको छ । स्वनामको शुक्रबार साँझ उपचारका क्रममा काठमाडौं मोडेल अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । 

       लामो समय मिर्गौला रोगबाट पीडित भएका उनलाई पछिल्लो समय निमोनियासँगै कोरोना संक्रमण पनि भएको थियो । उपचारका क्रममा उनी संक्रमणमुक्त भएका थिए ।

       वामपन्थी आन्दोलनमा क्रियाशील स्वनामले पछिलो समय सीमा बचाऔँ अभियानको नेतृत्व गरिरहेका थिए । २००६ सालमा म्याग्दीमा जन्मेका उनी २०२५ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए ।

    सम्बन्धित समाचार