Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    संसद विघटनको बिरोध

    खोटाङमा शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

    खोटाङमा शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


    • शुक्रवार, पौष १० २०७७

    • नेपाल वाइड


    खोटाङमा शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
    दिक्तेलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्दै जनता समाजवादीका नेता तथा कार्यकर्ता । तस्बिर : नेपाल वाईड

         खोटाङ । पुस १०, संसद विघटनको बिरोधमा जनता समाजवादी पार्टी खोटाङले शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । असंबैधानिक ढंगले संसद बिघटन गरेको, कोभिड–१९ को महामारीकाबेला निर्वाचनको घोषणा गरेर मुलुकमाथि आर्थिक भार थोपर्ने प्रयास गरिएको तथा संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयत्न गरिएको भन्दै जनता समाजवादी पार्टीले शुक्रबार दिक्तेलमा राष्ट्रपति विद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको हो ।

    jasapa burnt putla-diktel photo_khotang2.jpg

      दिक्तेलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्दै जनता समाजवादीका नेता तथा कार्यकर्ता । तस्बिर : नेपाल वाईड

    केन्द्रिय समितिको पुर्वघोषित कार्यक्रम अनुशार जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले दिक्तेलको रत्नपार्क (किराँतचोक)मा राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध चर्का शव्दमा नाराबाजी गर्दै पुत्ला जलाएका हुन् । संसद विघटनको बिरोधमा पुस ८ गते विरोध जुलुस प्रदर्शन गरेको जनता समाजवादीले शनिबार मसाल जुलुस तथा आइतबार बिरोध र्‍याली प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाएको छ । पुत्ला दहन कार्यक्रममा जनता समाजवादीका केन्द्रिय सदस्य सनबहादुर राई, केन्द्रीय सदस्य तथा प्रदेश समिति सचिव सुर्यबहादुर राई, प्रदेश समिति सदस्य नविन राई, मणी राई, जिल्ला अध्यक्ष अध्यक्ष टंक थापा लगायतको सहभागीता रहेको थियो ।

    सम्बन्धित समाचार