Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अन्तत : गृहमन्त्री थापाले रोजे ओली

    अन्तत : गृहमन्त्री थापाले रोजे ओली


    • बिहिवार, पौष ९ २०७७

    • नेपाल वाइड


    अन्तत : गृहमन्त्री थापाले रोजे ओली
    फायल तस्बिर

          नेकपा विभाजनमा गृहमन्त्री रामबहादुर थापा 'बादल' अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका छन् ।  प्रतिनिधि सभा विघटनको चार दिनसम्म अनिर्णित रहेका बादलले लामो छलफलपछि ओलीलाई रोजेका हुन् ।   

         बादल ओली पक्षमा लागेको बादलनिकट एक केन्द्रीय सदस्यले जानकारी दिए।  प्रचण्ड-नेपाल पक्षले नै बादल उतै गएको बताएको छ ।  ‘बादल बालुवाटारका भइसक्नुभयो । हिजो राति उहाँले ओलीलाई साथ दिने निर्णय गर्नुभएको हो,’ बादलनिकट ती केन्द्रीय सदस्यले भने,‘उहाँको कदमलाई कुनै पनि नेताहरूले साथ दिएका छैनन् ।’ बादल ओलीतिर जाँदा भने एक्लै गएका छन् ।

        उनका  राजनीतिक सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य सूर्य सुवेदी 'पथिक' सहित उनको पूर्वसमूहमा रहेका सबै नेताहरू प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा लागेका छन् । यसअघि बादललाई आफ्नो पक्षमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक मन्त्रीक्वार्टर पुल्चोक पुगेका थिए । बादल र प्रधानमन्त्री ओलीबीच मंगलबार र बुधबार बालुवाटारमा लामो छलफल भएको थियो ।   

    सम्बन्धित समाचार