Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक बस्दै

    नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक बस्दै


    • बिहिवार, पौष ९ २०७७

    • नेपाल वाइड


    नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक बस्दै

         एकता प्रक्रिया नसकिँदै विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेपछि बस्न लागेको हो ।

        यसअघि गत मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक आयोजना गरेका थिए । ओली समूहले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । साथै पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठ (प्रकाश)लाई हटाएर सोको जिम्मेवारी परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलाई दिइएको थियो ।

         प्रचण्ड–माधव समूहले भने अध्यक्ष पदबाट केपी शर्मालाई ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो । नेकपाका दुवै समूहले आधिकारिक पार्टी आफूहरु नै भएको दाबी गर्दै आएका छन् ।

    सम्बन्धित समाचार