Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रतिनिधिसभामाथि अवरोध सिर्जना गरिँदा मर्माहत छु : सभामुख सापकोटा

    प्रतिनिधिसभामाथि अवरोध सिर्जना गरिँदा मर्माहत छु : सभामुख सापकोटा


    • बुधवार, पौष ८ २०७७

    • नेपाल वाइड


    प्रतिनिधिसभामाथि अवरोध सिर्जना गरिँदा मर्माहत छु : सभामुख सापकोटा
    फायल तस्बिर

         काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अप्रत्यासित रुपमा प्रतिनिधिसभामाथि अवरोध सिर्जना गरिएकामा सिंगो प्रतिनिधिसभा र आफूलाई मर्माहत बनाएको बताएका छन् । सभामुख सापकोटाले बुधबार विज्ञप्ति जारी गर्दै संसद् विघटन गरेकामा मर्माहत भएको बताएका हुन् ।

    ‘‘पुस १७ गतेभित्र संघीय संसद्‌को सातौं अधिवेशन सुरु गर्ने गृहकार्य भइरहँदा अप्रत्यासित रुपमा प्रतिनिधिसभामाथि अवरोध सिर्जना गरिएकामा सिंगो प्रतिनिधिसभा र मलाई मर्माहत बनाएको छ,’’ उनले भनेका छन्, ‘संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ ।

    यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्‍न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो । विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधिसभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ ।’’

    सात दशकयताका विभिन्‍न आन्दोलनको जगमा संविधानसभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिंगो मुलुकको प्रमुख कार्यभार रहेको विज्ञप्तिमा उल्लेख छ । संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता बढेर गएको उनको भनाइ छ । 

    सम्बन्धित समाचार