Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ऐसेलुखर्कमा राजपाको एकतापछिको रुपान्तरण सकियो

    ऐसेलुखर्कमा राजपाको एकतापछिको रुपान्तरण सकियो


    • बुधवार, पौष ८ २०७७

    • नेपाल वाइड


    ऐसेलुखर्कमा राजपाको एकतापछिको रुपान्तरण सकियो
    पालिका स्तरिय समिति गठन पश्चात जनता समाजवादीका नेता तथा कार्यकर्ता

           खोटाङ । पुस ८, खोटाङको ऐसेलुखर्क गाउँपालिकामा संघीय समाजवादी फोरम र राजपालाई जनता समाजवादीमा रुपान्तरण गरिएको छ । केन्द्रमा संघीय समाजवादी र राजपाबिचमा एकता भएको केही समयपछि गाउँपालिका स्तरिय समितिलाई जनता समाजवादीमा रुपान्तरण गरिएको हो ।

           राजपाको संगठन नभएको ऐसेलुखर्क गाउँपालिकामा किशोर राईको अध्यक्षतामा ३३ सदस्यीय जनता समाजवादीको गाउँपालिका स्तरिय समिति गठन गरिएको छ । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सुर्य राई, जिल्ला सचिव जिवराज पोखरेलको उपस्थितिमा ऐसेलुखर्कमा संघीय समाजवादी र राजपालाई रुपान्तरण गरिएको जनता समाजवादी पार्टीका प्रकाशन तथा प्रचार बिभाग प्रमुख रबिन खम्बूले जानकारी दिए ।

          जिल्ला समितिको एकीकरण गर्नु अगाडि हाल संघीय समाजवादीको पालिका स्तरिय समितिलाई जसपामा रुपान्तरण गर्ने कार्यक्रम भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अव बराहपोखरी गाउँपालिका, साकेला गाउँपालिका र खोटेहाङ गाउँपालिकामा मात्र संघीय समाजवादी र राजपालाई जनता समाजवादीमा रुपान्तरण गर्न बाँकी रहेको जनाइएको छ । सबै स्थानीय तहमा एकतापछिको रुपान्तरण टुंग्याइएपछि जिल्ला कार्य समितिको एकता टुंग्याइने संघीय समाजवादीका जिल्ला अध्यक्ष टंक थापाले बताए ।

    सम्बन्धित समाचार