बुधवार, पौष ८ २०७७
नेपाल वाइड
खोटाङ । पुस ८, संसद विघटनको बिरोधमा जनता समाजवादी पार्टी खोटाङले विरोध जुलुस निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा जनता समाजवादीले बुधबार दिक्तेलमा बिरोध जुलुस निकालेको हो ।

केन्द्रिय समितिको पुर्वघोषित कार्यक्रम अनुशार जनता समाजवादीले दिक्तेलबजारमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का शव्दमा नारावाजी गर्दै जुलुस निकालेको हो । पार्टी कार्यालयबाट सुरु भएको बिरोध जुलुस पुरानो बेसक्याम्प, संगमपार्क हुँदै रत्नपार्क पुगेर पुःन फर्किएर त्रिबेणीचोकमा टुंगिएको थियो ।

रत्नपार्कमा जनता समाजवादी पार्टीका प्रदेश समिति सदस्य मोहन गुरुङ र त्रिबेणीचोकमा भएको कोणसभालाई केन्द्रीय सदस्य सनबहादुर राईले सम्बोधन गरेका थिए । उनीहरुले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम अलोकतान्त्रिक, गणतन्त्र र संघीयतालाई असफल बनाउने मनसायका साथ ल्याइएको बताएका छन् । जनता समाजवादीले हलेसी तुवाचुङ नगरपालिकामा पनि विरोध जुलुस सहित कोणसभा गरेको जनाएको छ ।
संसद विघटनको विरोधमा आगामी पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने तथा पुस ११ गते मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको जनता समाजवादी खोटाङका अध्यक्ष टंक थापाले बताए ।