मंगलवार, पौष ७ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा जनता समाजवादी पार्टीको वडा समिति गठन गरिएको छ । पर्शुराम राईको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरिएको हो । वडा समिति गठनकाक्रममा नेकपा रावाबेँसी गाउँपालिका सदस्य पर्शुराम राई र युवा गणेश गुरुङको नेतृत्वमा ३० जना समर्थक जनता समाजवादी प्रवेश गरेको जनता समाजवादी पार्टीका प्रकाशन तथा प्रचार बिभाग प्रमुख रबिन खम्बूले जानकारी दिए ।
उनीहरुलाई जनता समाजवादीका केन्द्रिय सदस्य तथा प्रदेश सचिव सुर्य राई, प्रदेश सदस्य मोहन गुरुङ, जिल्ला सचिव जिवराज पोख्रेल लगायतले पार्टी प्रवेश गराएका छन् । कार्यक्रममा प्रकाशन तथा प्रचार बिभाग प्रमुख खम्बू, गाउँपालिका अध्यक्ष कमल गुरुङ, युवा संगठनका जिल्ला उपाध्यक्ष देवान राई, जिल्ला सदस्य पवन राई लगायतको उपस्थिती रहेको थियो ।