Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सामाजिक सुरक्षा भत्ता

    बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै साकेला गाउँपालिका

    बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै साकेला गाउँपालिका


    • मंगलवार, पौष ७ २०७७

    • नेपाल वाइड


    बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै साकेला गाउँपालिका
    बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरणका लागि नेपाल एसविआई बैंकसँग सम्झौता गर्दै गाउँपालिका अध्यक्ष अर्जुन खड्का (विचमा)

       खोटाङ । पुस ६, सामाजिक सुरक्षाभत्ता शिर्षकको लाखौं रकम चुहावट भइरहेको प्रतिबेदन सार्वजनिक भएको केही समयपछि खोटाङको साकेला गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको तयारी गरेको छ ।

         एकै आर्थिक वर्ष ८७ लाखभन्दा बढि सामाजिक सुरक्षाभत्ता वापतको रकम चुहावट भएको प्रतिबेदन सार्वजनिक भएको केही समयपछि गाउँपालिकाले आगामी दिनमा बैंकमार्फत सामाजिक सुरक्षाभत्ता भुक्तानी दिने तयारी गरेको हो । सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता रोक्नका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकदेखि अनिवार्य बैंकिङ प्रणालीमार्फत भुक्तानी दिने व्यवस्थाका लागि सोमबार नेपाल एसविआई बैंकको शाखा कार्यालय साकेला गाउँपालिकासँग सम्झौता गरेको छ ।

         चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि सबै लाभग्राहीलाई नेपाल सरकारले जारी गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकसँग सम्झौता गरिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झंकारले बताए ।

       सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकमार्फत भुक्तानी दिने व्यवस्थाकालागि सरकारले केही समयअघि दिएको निर्देशन अनुशार गाउँपालिकाका अध्यक्ष खड्काले बैंकका शाखा प्रवन्धक पोषक दाहाललाई १५ बुँदे सम्झौता–पत्र हस्तान्तरण गरेका छन् । पाँच वडा रहेको गाउँपालिकामा हाल करिब एक हजार पाँच सय सामाजिक सुरक्षाभत्ता बुझ्ने लाभग्राही छन् । लाभग्राहीले शुन्य मौज्जादमा बैंकमा खाता खोल्ने सम्झौता गरिएको छ ।

          साकेला गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा मात्र ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको छ । मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा कतिपय हुँनै नभएका व्यक्तीको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता भइरहेको विषय बाहिरिएपछि गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको संयोजकत्वमा गत असोज १४ गते गठित समितिले मंसिर २३ गते छानबिन प्रतिबेदन सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष खड्कालाई प्रतिबेदन बुझाएको थियो ।

         छानबिन समितिले आर्थिक वर्ष २०७६/०७७ मा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा २० लाख ३४ हजार ४ सय, साकेला गाउँपालिका–२ रतन्छामा १२ लाख २८ हजार, साकेला गाउँपालिका–३ खिदिमामा ११ लाख ८७ हजार २ सय, साकेला गाउँपालिका–४ मात्तिममा २२ लाख ८७ हजार २ सय र साकेला गाउँपालिका–५ मात्तिमबिर्तामा २० लाख ४८ हजार सामाजिक सुरक्षाभत्ता अनियमितता भएको प्रतिबेदन सार्वजनिक गरेको थियो । यद्यपी, वडासचिवको लिखित स्पष्टीकरणलाई अध्ययन नगरी प्रतिबेदन तयार पारिएकाले हिनामिना रकमको मात्रा घट्ने गाउँपालिका अध्यक्ष खड्काले बताए ।

    सम्बन्धित समाचार