Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    संसद विघटनमा कसले के भने ?

    को कताको बैठकमा ? सांसद राजन राई तटस्थ

    को कताको बैठकमा ? सांसद राजन राई तटस्थ


    • मंगलवार, पौष ७ २०७७

    • नेपाल वाइड


    को कताको बैठकमा ? सांसद राजन राई  तटस्थ
    नेकपा खोटाङका नेताहरु

       खोटाङ । पुस ७, नेकपाको विवाद तल्लो तहमा पुगेको छ । अहिले अध्यक्ष केपी ओली समुहमा खुल्ने वा अर्का अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समुहमा खुल्ने रस्साकस्सी चलिरहेको छ । जिल्ला जिल्लामा समेत दुवै पक्ष आफ्नो टिम बनाउने होमवर्कमा जुटेको देखिन्छ ।

        यसै सन्दर्भमा मंगलबार केन्द्रमा अध्यक्ष ओली र प्रचण्ड–नेपाल समुहको छुट्टा–छुट्टै बैठक बोलाएको छ । केन्द्रीय सदस्यहरु आ–आफ्नो लाईनलाई समातेर गुटगत भेलामा दौडिरहेका छन् । तर, खोटाङका प्रदेशसभा सांसद एबं केन्द्रीय सदस्य राजन राईले दुबै बैठकमा नजाने बताएका छन् ।

        नेपाल समुहका राईले फेसबुकमार्फत तटस्थ बस्ने उल्लेख गरेका छन् । ‘आज केन्द्रिय कमिटिको बैठक भनिएको कुनै पनि गुट भेलाहरुमा म सहभागी नहुने भएको छु’ राईले फेसबुकमा लेखेका छन् । उसो त राईले आफुनिकट नेता तथा कार्यकर्तालाई अगाडिदेखि नै तटस्थ बस्ने बताउँदै आएका थिए ।

        नेकपाका केन्द्रीय सदस्य एबं प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई ओली समुहको बैठकमा सहभागी भएका छन् । भट्टराई ओली निकट हुन् । यस्तै, प्रचण्डनिकट प्रदेशसभा सांसद एबं केन्द्रिय सदस्य रामकुमार राई (पासाङ) पनि प्रचण्ड–नेपाल समुहको बैठकमा सहभागी हुँदैछन् । पासाङले सामाजिक सञ्जालबाट ओलीको प्रतिक्रान्ती विरुद्ध शक्त लड्नका लागि आव्हान नै गरेका छन् । ‘केपी ओलीको प्रतिक्रान्ती कदमले खलनायक सावित भयो । प्रतिक्रान्ती विरुद्ध सशक्त लडौं,’ पासाङले लेखेका छन्, ‘वास्तविक सिद्धान्त, बिचारको कम्यूनिष्ट पार्टीमा लागौँ ।’ खोटाङका तीन जना प्रदेशसभा सांसदमध्ये उषाकला राई केन्द्रिय कमिटिमा छैनन् ।


    संसद विघटनमा कसले के भने ?

         जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले पनि संसद विघटनको दिनलाई ‘जनताको जनमतको अपहरण गरेको कालो दिन’ भनेका छन् । यस्तै, साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले संसद विघटनले सिंगो राज्य व्यवस्थालाई कमजोर पार्ने काम भएको बताएका छन् ।

         ‘कुनै नेता र गुटको हार जितको कुराभन्दा पनि संसद विघटनले सिंगो राज्य व्यवस्थालाई कमजोर पार्ने काम भएको छ,’ पुर्व माओबादीबाट निर्वाचित अध्यक्ष खड्काले लेखेका छन्, ‘यसको पक्षमा लाग्नेहरुको कुनैदिन इतिहासले मूल्यांकन गर्ने छ र स्वयं कम्यूनिष्ट आन्दोलनको इतिहासमा केपी ओली आफ्नो प्रतिक्रान्तीकारी खलनायक यात्रासँगै कम्यूनिष्ट विचार, सिद्धान्तबाट पलायन भएको तथ्य इतिहासले बिर्सिने छैन ।’
    संसद विघटनकैबेला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले भने पाकेको स्ट्रबेरीको बोट पोष्ट गर्दै ‘माथि जे सुकै हुँदै गरे पनि कम्पोष्ट प्लान्ट तथा नमूना कृषि श्रोत केन्द्रमा स्ट्रबेरी पाक्न थाल्यो’ लेखेका छन् ।

    सम्बन्धित समाचार