Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको बतासेमा स्वास्थ्यचौकी भवन शिलान्यास

    खोटाङको बतासेमा स्वास्थ्यचौकी भवन शिलान्यास


    • सोमवार, पौष ६ २०७७

    • नेपाल वाइड


    खोटाङको बतासेमा स्वास्थ्यचौकी भवन शिलान्यास
    स्वास्थ्यचौकीको भवन शिलान्यास गर्दै प्रदेशसभा सांसद रामकुमार राई लगायत

          खोटाङ । पुस ६, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा स्वास्थ्यचौकी भवन शिलान्यास गरिएको छ । पुःननिर्माण प्राधिकरणमार्फत प्राप्त भएको ७ करोड ४० लाख ८४ हजारमा दुई वर्षभित्र पुरा गर्नेगरी स्वास्थ्यचौकी भवन शिलान्यास गरिएको हो ।

         स्वास्थ्यचौकीको पाँच वटा भवन प्रदेशसभा सांसद रामकुमार राईले आइतबार शिलान्यास गरेका छन् । २०७८ साल चैत ९ गतेसम्ममा पूरा गर्नेगरी निर्माण कम्पनी गौरी पार्वती न्यू टेक्नोलोजी जेभीले गत मंसिर १ गते भवन निर्माणको सम्झौता गरेको हो ।

         सम्झौता अनुशार निर्माण कम्पनीले पुस ९ गतेदेखि स्वास्थ्यचौकीको भवन निर्माणको काम सुरु गर्ने बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताए । भवन शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई, नेकपाका जिल्ला सचिव रामप्रसाद दंगाल, जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर बिश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार