Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न प्रधानमन्त्रीलाई निर्वाचन आयोगकाे सुझाव

    प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न प्रधानमन्त्रीलाई निर्वाचन आयोगकाे सुझाव


    • आइतवार, पौष ५ २०७७

    • नेपाल वाइड


    प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न प्रधानमन्त्रीलाई निर्वाचन आयोगकाे सुझाव

    काठमाडौं । पुस ५ , निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निर्वाचन आयोगका पदाधिकारीलाई बालुवाटार बोलाएका थिए ।

    त्यसक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते सरकारले मध्यावधि निर्वाचन गर्ने प्रस्ताव गरेको जानकारी गराएका थिए । आयोगका पदाधिकारीले भने आर्थिक मितव्ययीता र व्यवस्थापकीय सहजताका लागि एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने राय दिएका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्रीसँगको छलफलमा प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरु नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेल पनि सहभागी थिए । 

     

    सम्बन्धित समाचार