Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ओली र दाहाल दुई घण्टा छलफल, नेपाल र गौतम पनि खुमलटारमा पुगे

    ओली र दाहाल दुई घण्टा छलफल, नेपाल र गौतम पनि खुमलटारमा पुगे


    • शनिवार, पौष ४ २०७७

    • नेपाल वाइड


    ओली र दाहाल दुई घण्टा छलफल, नेपाल र गौतम पनि खुमलटारमा पुगे

           काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै दुई घण्टा छलफल भएको छ । शनिबार कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली दाहाल निवास खुमलटार पुगेका थिए ।

     ओली खुमलटार पुगेको केहीसमयपछि उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्ड निवास खुमलटार पुगेका छन् । तीन नेताबीच खुमलटारमा छलफल सकिएलगत्तै वरिष्ठ नेता माधव कुमार नेपाल पनि पुगेका छन् । त्यसलगत्तै दाहाल-नेपाल र गौतमबीच छलफल चलेको बताइएको छ ।

    तीन जनाबीच केहीबेरको छलफलपछि गौतम पनि बाहरिएका छन् । उनी बाहिरिएपछि नेपाल र दाहालबीच छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले यसअघिको बैठकमा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि शुक्रबारको दाहाल-नेपाल पक्षधरको पेरिसडाँडामा भएको भेलामा गौतम गएका थिएनन् ।

    तर, आजको बैठकमा गौतमको सहभागितलाई अर्थपूर्ण रूपमा लिइएको छ । ओलीले आजको बैठकमा पनि सोही प्रस्ताव दोहोर्‍याएकाले दाहालले नेपाललाई पनि छलफलमा बोलाएको हुन सक्ने आकलन गरिएको छ । तर, यसबारे पुष्टि हुन सकेको छैन । दाहाल निकट स्रोतका अनुसार बैठकमा भएका कुराकानीबारे अहिलेसम्म केही खुलाइएको छैन ।

    पार्टी विवाद उत्कर्षमा पुगेका बेला खुमलटारमा भएको नेताहरूको यो भेटले निकास दिने अपेक्षा गरिएको छ । दाहाल-नेपाल समूहले भेला तीब्र पारेपछि निकटस्थहरूले समेत ओलीलाई मिलेर जान दबाब दिइरहेका छन् ।

    अध्यादेश फिर्ता लिन भएको सहमति कार्यान्वयन नगरेपछि दाहाल-नेपाल समूह ओलीविरूद्ध कठोर कदम चाल्ने रणनीतिमा लागेको छ । यसैको श्रृंखलास्वरूप दाहाल-नेपाल समूहले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा भेला तथा प्रशिक्षणसमेत गरेपछि ओली अझ बढी दबाबमा छन् । पार्टीभित्रको संकट गहिरिँदै गएपछि नेकपा नेताहरुले छलफल तिव्र पारेका छन् । 

    सम्बन्धित समाचार