Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अग्नी पिडितलाई गाउँपालिकाको राहत

    अग्नी पिडितलाई गाउँपालिकाको राहत


    • शुक्रवार, पौष ३ २०७७

    • नेपाल वाइड


    अग्नी पिडितलाई गाउँपालिकाको राहत
    आगलागी पिडित हरिबहादुर तामाङलाई राहत प्रदान गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई  

         खोटाङ । पुस ३, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले अग्नी पिडित परिवारलाई राहत प्रदान गरेको छ । गत मंसिर २१ गते राती भएको आगलागीबाट विस्थापित भएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बासथलाका हरिबहादुर तामाङलाई राहत स्वरुप २० हजार प्रदान गरेको हो । राहत रकम शुक्रबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले अग्नी पिडितलाई घरैमा पुगेर हस्तान्तरण गरेका छन् ।

        आगलागीमा तामाङ परिवारको नगद ४० हजार, अन्नपात, भाँडाकुँडा, लुगाफाटो लगायत जलेर नष्ट भएको थियो । रातका समयमा घरको पालीमुनि बालेको आगोबाट तामाङको घरमा आगो सल्किएको अनुमान गरिएको छ ।

        राहत वितरणकाक्रममा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका वडासदस्य अमृत गिरी लगायतको उपस्थिति रहेको थियो । विस्थापित हरिबहादुर श्रीमति सँग हाल कान्छा छोराको घरमा आश्रय लिएर बसिरहेका छन् ।

     

    सम्बन्धित समाचार