Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जीवित सुनगोहोरो र चितुवाको टाउको सहित २ जना पक्राउ

    जीवित सुनगोहोरो र चितुवाको टाउको सहित २ जना पक्राउ


    • बुधवार, पौष १ २०७७

    • नेपाल वाइड


    जीवित सुनगोहोरो र चितुवाको टाउको सहित २ जना पक्राउ

          काठमाडौँ । काठमाण्डौको टोखाबाट सुनगोहोरो र चितुवाको टाउको सहित २ जना पक्राउ परेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले टोखा नगरपालिका–२ चण्डेश्वरीमा संरक्षित वन्यजन्तु चितुवाको टाउको र जीवित सुनगोहोरोसहित मोरङका ४१ वर्षीय भेषबहादुर थापा र मोरङकै ४६ वर्षीय डिल्लीराम पौडेललाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

         ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले चितुवाको टाउको र सुनगोहोरो अवैधरुपमा ओसारपसार र बेचबिखन गर्न लागेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

        पक्राउ परेकासँग जीवित सुनगोहोरो आठ वटा र चितुवाको टाउको एक थान बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बूढानीलकण्ठ पठाइएको ब्यूरोले जनाएको छ ।

    सम्बन्धित समाचार