Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा विप्लव कार्यकर्ताको सेल्टरमा छापा, एक कार्यकर्ता पक्राउ

    खोटाङमा विप्लव कार्यकर्ताको सेल्टरमा छापा, एक कार्यकर्ता पक्राउ


    • बुधवार, पौष १ २०७७

    • नेपाल वाइड


    खोटाङमा विप्लव कार्यकर्ताको सेल्टरमा छापा, एक कार्यकर्ता पक्राउ
    सांकेतिक तस्बिर

          खोटाङ । पुस १, खोटाङमा टेन्ट टाँगेर जंगलमा बसिरहेको अवस्थामा विप्लव कार्यकर्ता पक्राउ परेका छन् । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर बसिरहेको अवस्थामा नेपाल र प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ बागध्वजलाई पक्राउ गरेको हो ।

         विप्लव कार्यकर्तालाई रातका समयमा भरुवा बन्दुक, राईफल तथा पेस्तोलका गोली, बारुद, छर्रा लगायत वन्दोवस्तीका सामान सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।

        विप्लव कार्यकर्ताले जंगलमा सेल्टर बनाएको सूचनाका आधारमा छापा मार्दा एक नाल भरुवा बन्दुक, पेस्तोल तथा राईफलको ७३ राउण्ड गोली, भरुवा बन्दुकमा लाग्ने छरुवा तथा बारुद, विभिन्न कम्पनीका सिमसहितका मोबाईल, प्रयोगमा ल्याइसकिएको खुला सिम १७ थान, प्रयोगमा ल्याउन बाँकी अर्थात नखोलिएका सिम १२ थान, भिर्ने झोला चार थान, कम्मरमा बाँध्ने झोला दुई थान, दुई वटा ट्यांक लगायतका वन्दोवस्तीका सामान बरामद गरिएको डिएसपी चिमरियाले बताए ।

        विप्लव कार्यकर्तामाथि हात हतियार खरखजना तथा राज्य विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । रातका समयमा टेन्ट हालेर सेल्टर लिने गरेको आधारमा छापा हानिएको डिएसपी चिमरियाले बताए । केही समयअघि मात्र संयुक्त सुरक्षा फौजले सो क्षेत्रमा छापा हानेको थियो ।

     

    सम्बन्धित समाचार