Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा ट्याक्टर दुर्घटनाहुँदा सह–चालकको मृत्यु, चालक गम्भीर घाईते

    खोटाङमा ट्याक्टर दुर्घटनाहुँदा सह–चालकको मृत्यु, चालक गम्भीर घाईते


    • बुधवार, पौष १ २०७७

    • नेपाल वाइड


    खोटाङमा ट्याक्टर दुर्घटनाहुँदा सह–चालकको मृत्यु, चालक गम्भीर घाईते
    ईन्द्रेणीपोखरीको मेर्लामा दुर्घटनाग्रस्त बनेको ट्याक्टर

           खोटाङ । पुस १, ट्याक्टर दुर्घटना हुँदा खोटाङमा सह–चालकको मृत्यु भएको छ । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीको रोक्सिङभञ्ज्याङ तर्फ जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घट्नास्थलमै मृत्यु भएको हो । दुर्घट्नामा सोही ठाउँका ट्याक्टर चालक १९ वर्षीय तुजन राई गम्भीर घाईते भएका छन् ।

    taykataer.jpg

    सडकबाट पल्टिएर दुर्घटना भएको ट्याक्टर

        सिमपानी–रोक्सिङ भञ्ज्याङ सडक खण्ड अन्तरगत ईन्द्रेणीपोखरीको मेर्लामा अनियन्त्रित भएको ट्याक्टर सडकबाट पल्टिए करिब दुई/तीन मिटर तल खसेको ईन्द्रेणीपोखरीका वडाध्यक्ष देबेन्द्र राईले बताए । रोक्सिङभञ्ज्याङ पुग्न लाग्दा करिब बिहान ८ बजेर २५ मिनेटमा ट्याक्टर दुर्घटना भएको हो ।

         घट्नास्थलमा ईलाका प्रहरी कार्यालय खोटाङबजार र प्रहरीचौकी सिमपानीबाट प्रहरी पुगेका थिए । घाईतेलाई कम्मरमुनिको भाग नचल्ने अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । रोक्सिङ भञ्ज्याङ पुग्नुभन्दा करिब आधा घण्टा अगाडि ट्याक्टर दुर्घटनामा परेको हो ।

    Sahachalak.jpg

    घट्नास्थलमै मृत्यु भएका १८ वर्षीय किरण राई

     

     

    सम्बन्धित समाचार