Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

    खोटाङमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


    • बुधवार, पौष १ २०७७

    • नेपाल वाइड


    खोटाङमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
    दिक्तेलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्दै नेविसंघका नेता तथा कार्यकर्ता

          खोटाङ । पुस १, सरकारले संवैधानिक परिषद सम्वन्धी अध्यादेश ल्याएको बिरोधमा नेपाल विद्यार्थी संघ खोटाङले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । संसद अधिबेसन छलेर अलोकतान्त्रिक तरिकाले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी, पहिलो संशोधन) अध्यादेश २०७७ ल्याएको भन्दै नेविसंघले बुधबार बिहान दिक्तेलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

          कांग्रेस पार्टी कार्यालयबाट नारा जुलुस लगाउँदै निस्किएको नेविसंघका नेता तथा कार्यकर्ताले बेस क्याम्पमा पुगेर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । सरकारको पछिल्लो कदम सर्वसत्तावादी भएकाले बिरोधमा पुत्ला दहन गरेको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजकुमार बस्नेतले बताए ।

        ‘आम नागरिकको अपेक्षा र संविधानको निर्देशन विपरीत राष्ट्रपति र प्रधानमन्त्रीले निरन्तर कदम चाल्नु भनेको निरंकुशताको अभ्यास हो, दुर्घटनाको संकेत हो,’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको पतनको दिन धेरै टाढा छैन । यसले मुलुकलाई गहिरो भासमा पुर्‍याउँदैछ । सधैं यस्तै नहोला । भोलीको पुस्ताले यसको हिसाव–किताव अवश्य चुक्ता गर्नेछ ।’

    nsu burnt putla at diktel photo_khotang1.JPG

    दिक्तेलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्दै नेविसंघका नेता तथा कार्यकर्ता

    सम्बन्धित समाचार