Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोनाले थप १४ जनाको मृत्यु, मृतकको संख्या १७३० पुग्यो

    कोरोनाले थप १४ जनाको मृत्यु, मृतकको संख्या १७३० पुग्यो


    • मंगलवार, मंसिर ३० २०७७

    • नेपाल वाइड


    कोरोनाले थप १४ जनाको मृत्यु, मृतकको संख्या १७३० पुग्यो
    सांकेतिक तस्बिर

        काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एक हजार सात सय ३० पुगेको छ ।

        स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर गरिएकामध्ये नौ सय ३६ जनाको नतिजा पोजेटिभ आएको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा एक हजार नौ सय ९६ जना निको भएका छन् ।

       यो सँगै देशमा कोरोना संक्रमितको संख्या दुई लाख ५० हजार एक सय ८० पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा चार सय ५७ जना छन् भने नौ हजार आठ सय ८१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

    सम्बन्धित समाचार