Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जितले औपचारिकता पायो

    अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जितले औपचारिकता पायो


    • मंगलवार, मंसिर ३० २०७७

    • नेपाल वाइड


    अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जितले औपचारिकता पायो
    फायल तस्बिर

        अमेरिकाको ४६औँ राष्ट्रपतिमा जो बाइडेनको जितले औपचारिकता पाएको छ । इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका छन् ।

          गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्याटहरूले ३०६ इलेक्टरल कलेज मत ल्याएका थिए भने रिपब्लिकन डोनल्ड ट्रम्पले २३२ ल्याएका थिए । अमेरिकी प्रणाली अनुसार, मतदाताहरूले खासमा ‘इलेक्टरलहरूलाई’ मत दिन्छन् जसले चुनावपछि उम्मेदवारलाई औपचारिक रूपमा मत दिन्छन् । यो प्रक्रियामार्फत बाइडेनले औपचारिकता पाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अझै पनि मत परिणाम स्वीकारेका छैनन् ।

         ट्रम्पले कतिपय राज्यमा मुद्दा हाले पनि ती सबै मुद्दालाई अदालतले खारेज गरिदिएका छन् । तर पनि उनले अझै पराजय स्वीकारेका छैनन् ।डेमोक्र्याटहरूको बलियो उपस्थिति रहेको क्यालिफोर्नियाले सोमबार अन्तिममा हालेको मतले बाइडेनलाई औपचारिक जितको नतिजा पारे गराएको थियो । क्यालिफोर्नियामा ५५ इलेक्टरल मत छ । मिसिगन र जोर्जिआजस्ता केही राज्यहरूमा मतदानअघि सुरक्षा व्यवस्था उच्च पारिएको थियो ।

        मतदान प्रक्रियाको परिणाम अब वासिङ्टन डिसी पठाइन्छ र ६ ज्यानुअरीमा कङ्ग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा हुने संयुक्त सत्रमा औपचारिक रुपमा गणना गरिन्छ । त्यसले ज्यानुअरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिन जो बाइडनलाई बाटो खोल्नेछ । एजेन्सी

    सम्बन्धित समाचार