Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    घुस लिएको अभियोगमा मुद्दा दायर

    घुस लिएको अभियोगमा मुद्दा दायर


    • सोमवार, मंसिर २९ २०७७

    • नेपाल वाइड


    घुस लिएको अभियोगमा मुद्दा दायर
    प्रतिकात्मक तस्बिर

        काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । 

        आयोगका अनुसार विभिन्न फाँटबाट नगदी रसिद काटी सङ्कलन भएको रकम लेखा शाखाबाट बैंक दाखिला नगरी हिनामिना गरेको अभियोगका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पाइएकाले उनीहरुविरुद्ध आज मुद्दा दायर गरिएको हो । 

          आयोगले नायबसुब्बा मनोजकुमार निरौलाविरुद्ध रु चार लाख ७१ हजार ६१३ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । यस्तै लेखा अधिकृत रिठ्ठे दर्जीविरुद्ध रु सात करोड आठ लाख १७ हजार ३७ र लेखापाल बलराम सापकोटाविरुद्ध रु ५८ लाख ४३ हजार ८०६ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । रासस

    सम्बन्धित समाचार