Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा सरकार विरुद्ध प्रदर्शन

    खोटाङमा सरकार विरुद्ध प्रदर्शन


    • सोमवार, मंसिर २९ २०७७

    • नेपाल वाइड


    खोटाङमा सरकार विरुद्ध प्रदर्शन
    कांग्रेसले सरकार विरुद्ध दिक्तेलमा निकालेको बिरोध जुलुस 

          खोटाङ । मंसिर २९,  नेपाली कांग्रेसले खोटाङमा सरकार विरुद्ध प्रदशर्न गरेको छ । देशमा अधिनायकवाद, भ्रष्टाचार, कुशासन मौलाएको भन्दै कांग्रेसले सोमबार दिक्तेलमा सरकार विरुद्ध नारावाजी गर्दै बिरोध प्रदर्शन गरेको हो ।

    ryali against government-diktel photo_damannepalwide.jpg

    कांग्रेसले सरकार विरुद्ध दिक्तेलमा निकालेको बिरोध जुलुस 

         प्रदर्शनका लागि जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका कांग्रेस नेता तथा कार्यकर्ता दिक्तेल आइपुगेका छन् । बजारमा प्रदर्शनपछि दिक्तेलको हेलीप्याडमा कांग्रेसको बिरोधसभा सुरु भएको छ । 

    ryali against government-diktel photo_damannepalwide4.jpg

    कांग्रेसले सरकार विरुद्ध दिक्तेलमा निकालेको बिरोध जुलुस 

         कार्यक्रमलाई सम्बोधनका लागि कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे खोटाङ आएका छन् । देशव्यापी कार्यक्रम अन्तरगत नेपाली कांग्रेस जिल्ला कार्य समितिले बिरोध प्रदर्शन एबं सभाको आयोजना गरेको जनाएको छ ।
    ryali against government-diktel photo_daman3nepalwide.jpg
    कांग्रेसले सरकार विरुद्ध दिक्तेलमा निकालेको बिरोध जुलुस 

     

    सम्बन्धित समाचार