Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अमेरिकामा आजबाट कोरोनाविरूद्धको खोप लगाउन शुरु

    अमेरिकामा आजबाट कोरोनाविरूद्धको खोप लगाउन शुरु


    • सोमवार, मंसिर २९ २०७७

    • नेपाल वाइड


    अमेरिकामा आजबाट कोरोनाविरूद्धको खोप लगाउन शुरु
    सांकेतिक तस्बिर

           काठमाडौँ । अमेरिकामा आजबाट कोभिड-१९ विरुद्धको खोप लगाइँदै छ । कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप आजबाट लगाउन लागिएको हो ।

        अमेरिकाको विभिन्न राज्यका १४५ स्थानमा खोप लगाइने छ भने मंगलबार अरु ४२५ स्थानमा दिइनेछ । पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा पुर्‍याइँदैछ । सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप दिइने तयारी छ ।

       अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै आजबाटै अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

    सम्बन्धित समाचार