Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    डोटीमा ३.७ रेक्टर स्केलको भूकम्प

    डोटीमा ३.७ रेक्टर स्केलको भूकम्प


    • शनिवार, मंसिर २७ २०७७

    • नेपाल वाइड


    डोटीमा ३.७ रेक्टर स्केलको भूकम्प
    फायल तस्बिर

    डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटीमा ३.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमको पहाडी डोटी र बझाङ जिल्लाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । 

    भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीयवासी कर्णबहादुर द्वारियाले जानकारी दिए । भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस गराएको बताइएको छ । भूकम्पको धक्काले निकै हल्लाएपछि डोटीको दिपायल तथा सिलगढीका नागरिक कोलाहल गर्दै घर बाहिर निस्किएका थिए । 

    भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए । रासस

    सम्बन्धित समाचार