Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नगर प्रमुखको व्यक्तिगत खर्चले एम्बुलेन्स खरिद

    नगर प्रमुखको व्यक्तिगत खर्चले एम्बुलेन्स खरिद


    • शुक्रवार, मंसिर २६ २०७७

    • नेपाल वाइड


    नगर प्रमुखको व्यक्तिगत खर्चले एम्बुलेन्स खरिद
    सांकेतिक तस्बिर

          बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद गरेका छन् । नगर प्रमुखले  नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गरेका हुन् । 
     
         झण्डै रु ४० लाख पर्ने एम्बुलेन्स भन्सार छुटमा साढे रु  ११ लाखमा खरीद गरेर नगरपालिकालाई हस्तान्तरणको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले बताए । पश्चिम बागलुङमा एम्बुलेन्स सेवा नहुँदा सर्वसाधारण मर्कामा थिए ।

        स्थानीय तहको निर्वाचनमा नेपालीले व्यक्तिगत खर्चमै भए पनि एम्बुलेन्स खरीद गर्ने वाचा गरेका थिए । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स बिग्रिएपछि आपत्कालीन समयमा नगरपालिकाले छिमेकी बडिगाड गाउँपालिकासँग सहयोग माग्ने गरेको थियो । रासस

    सम्बन्धित समाचार