Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेता लामाको निधनप्रति अध्यक्ष प्रचण्डद्धारा दुःख व्यक्त

    नेता लामाको निधनप्रति अध्यक्ष प्रचण्डद्धारा दुःख व्यक्त


    • बिहिवार, मंसिर २५ २०७७

    • नेपाल वाइड


    नेता लामाको निधनप्रति अध्यक्ष प्रचण्डद्धारा दुःख व्यक्त
    फायल तस्बिर

           पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको गएराती निधन भएको हो । लामा कोभिड–१९ को संक्रमणबाट बिरामी थिए । लामाको आज ६९ वर्षका उमेरमा निधन भएको हाे । कोरोना भाइरस सङ्क्रमित लामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत थिए । 

         काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए । लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए ।   

        यसैबीच, सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।   

         लामाको निधनले सिंगो मुलुक र नेकपाले जुझारु एवं बौद्धिक व्यक्तित्व गुमाएको दाहालले बताएका छन् । दाहाल आज दिएको शोक वक्त्वयमा नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की,  निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको स्मरण गरेका छन् ।   

         अध्यक्ष दाहालले भनेका छन्, ‘जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसुस गरेको छु ।’ अध्यक्ष दाहालले दिवङ्गत नेता लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा  समवेदनासमेत व्यक्त गरेका छन् । 

        विसं  २००८ फागुन ९ गते  पिता चन्द्रसिं  र आमा मिश्रीमायाका कोखबाट जन्मिएका लामा विसं २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए । लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा सङ्घका केन्द्रीय संस्थापक सदस्य भएका थिए । विसं २०४८ को आमनिर्वाचनमा उनी जनमोर्चा नेपालबाट काभ्रेपलाञ्चोकको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।   

        विसं २०६३ मा पुनःस्थापित व्यवस्थापिका–संसद्को सदस्य बनेका थिए । दिवङ्गत लामाका श्रीमती, एक छोरा र चार छोरी छन् । 

    सम्बन्धित समाचार